नेपालले जित्यो मलेसिया विरूद्धको महिला टी-२० सिरिज

असोज २२
अन्तिम खेलमा मलेसियालाई पराजित गर्दै नेपाली महिला टोलीले टी-२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ। ‍

पाँच खेलको सिरिज अन्तर्गत बुधबार बिहान भएको अन्तिम खेलमा मलेसियालाई ५ विकेटले हराउँदै नेपालले ३-२ले सिरिज आफ्नो पक्षमा पारेको हो।

नेपालले १०४ रनको लक्ष्य ६ विकेट गुमाएर पूरा गर्‍यो।

शृंखलाको चौथो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो।

पहिलो खेलमा तीन रनले पराजित हुँदा दोस्रो खेलमा पनि ६ विकेटले हराएको थियो।

तेस्रो खेलमा भने नेपाल १३ रनले पराजित भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply