सैन्य आधार तालिमको दीक्षान्त

असोज २७
श्री नयाँ सबुज गण दल भरतपुर (चितवन)मा सञ्चालित सिसं ४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज सम्पन्न भएको छ । नेपाली सेनाका नम्बर ७ वाहिनी अड्डाका वाहिनीपति सहायक रथी डा. कमल बानियाको प्रमुख आतिथ्यतामा अन्तिम दलेल कवाज सम्पन्न भएको हो ।

सो अवसरमा कोशी प्रदेशका ४१, गण्डकी प्रदेशका तीन, कर्णाली प्रदेशका ३१ र सुदूरपश्चिम प्रदेशका २९ गरी १०४ जना सहभागी रहेका थिए । उनीहरुले नौ महिनाको कठोर तालिमपश्चात् आज एक समारोहबीच शपथ लिएका हुन् । सो अवसरमा राष्ट्रको मेरुदण्ड सेना भएको भन्दै सेनाको मेरुदण्ड तालिम प्राप्त अनुसाशित तथा कर्तव्यनिष्ठ सिपाही भएको वाहिनीपति बानियाँले बताए ।

राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताको संरक्षणका लागि प्रतिबद्ध नेपाली सेनाको मूलभूत दायित्वलाई मनन गरी आवश्यक परेको बेलामा राष्ट्र र जनताका लागि प्राणको आहुति दिनसमेत पछि नपर्ने प्रण गर्नु एक सैनिकको धर्म भएको उनले बताए ।

गणका गणपति प्रमुख सेनानी दिनेश लामाले कठोर मेहनतका साथ तालिम प्राप्त सिपाहीहरुले नेपालभर छरिएर रहेका विभिन्न युनिटमा नियुक्त भइ देश र जनताप्रति समर्पित रही सेवा गर्ने अठोटका साथ परिचालन हुने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply