असोज २८
कञ्चनपुरमा २ लाख ८९ हजार ६५० बराबरका अवैध भन्सार छ्लीका सामान प्रहरीले नियन्त्रणमा लिएको छ ।
सोमबार जिल्लाको भीमदत्त नगरपालिका-११ भुजेला र पुनर्वास नगरपालिका-११ नमुना ईटा भट्टा सडक छेउबाट उक्त मूल्यका अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सामान नियन्त्रणमा लिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
सो मूल्य बराबरका सुट, धोती, सल, कष्मेटिक सामान, इलेक्ट्रोनिक सामान, हार्डवेयर र किराना लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1