असोज ३०
स्थानीय बजारमा बिहीबार सुनको मूल्य तोलामा दुई लाख ५० हजार रूपैयाँ नाघेको छ।
बुधबारको तुलनामा बिहीबार सुन प्रतितोला दुई हजार रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार दुई लाख ४८ हजार ९ सय रूपैयाँमा कारोबार भएको सुन बिहीबार दुई लाख ५० हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ।
महासंघका अनुसार बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ३५ रूपैयाँले बढेको छ।
बुधबार तीन हजार दुई ४० रूपैयाँमा कारोबार भइरहेको चाँदी बिहीबार तीन हजार दुई सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार दुई सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1