छठ हाम्रो संस्कृति,परम्परा र जनजीवनसँग जोडिएको पर्व हो : प्रचण्ड

कार्तिक १०
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ हाम्रो संस्कृति, परम्परा, श्रम, सम्बन्ध र जनजीवनसँग गहिरो रूपमा जोडिएको पर्व भएको बताएका छन ।

छठ पर्वको अवसरमा आज सुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् ।

शुभकामना सन्देशमा भनिएको छ ‘मधेस-तराईको मुख्य चाडका रूपमा मनाइने छठ हाम्रो संस्कृति, परम्परा, श्रम, सम्बन्ध र जनजीवनसँग गहिरो रूपमा जोडिएको पर्व हो। यसले मानव र प्रकृतिबीचको सम्बन्धलाई अझ सशक्त बनाउँदै सहअस्तित्व, सन्तुलन र आत्मशुद्धिको चेतना जगाउँछ।’

संयोजक प्रचण्डले आजको चुनौतीपूर्ण राजनीतिक, आर्थिक र सामाजिक परिस्थितिमा छठले दिने आत्मबल, धैर्य र आशावादको सन्देश झन् महत्वपूर्ण बनेको बताएका छन् ।

‘परिवर्तन पक्षधर शक्तिहरूबीच आपसी सम्मान, सामाजिक सद्भाव र सहकार्यको भावना सुदृढ गर्दै हामी सबै मिलेर समृद्ध, न्यायपूर्ण र समाजवादी नेपालको निर्माणतर्फ अघि बढ्न सकौं भन्ने विश्वास व्यक्त गर्दछु’ जारी सन्देशमा भनिएको छ ।

‘लोकआस्था, सामाजिक एकता र प्रकृतिप्रतिको कृतज्ञताको महान् पर्व छठको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ शुभकामना सन्देशमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply