नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डद्वारा वाम एकताको आह्वान

काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष **पुष्पकमल दाहाल ‘प्रचण्ड’**ले देशमा देखा परेका राजनीतिक, आर्थिक र सामाजिक चुनौतीहरूको समाधानका लागि सबै वामपन्थी शक्तिहरूलाई एउटै झण्डामुनि एकताबद्ध हुन आह्वान गरेका छन्।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत विज्ञप्ति जारी गर्दै प्रचण्डले राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र समाजवाद निर्माणका लागि माओवादीसहितका वामपन्थी शक्तिहरूबीच एकता र साझा आन्दोलन अपरिहार्य भएको बताएका छन्।

उनका अनुसार, “देशभक्त, प्रगतिशील, वामपन्थी शक्तिहरूबीच संगठनात्मक ध्रुवीकरण र लोकतान्त्रिक शक्तिहरूबीच राष्ट्रिय सहकार्य अहिलेको आवश्यकता बनेको छ। राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै समाजवाद निर्माणको आधार तयार पार्न वामपन्थीहरूले साझा आन्दोलनमार्फत अघि बढ्नुपर्छ,” प्रचण्डले भनेका छन्।

प्रचण्डले हाल देशमा देखिएका जटिलता, जनअपेक्षा, राष्ट्रिय स्वाधीनता र लोकतान्त्रिक प्रणालीमाथि देखा परेका चुनौतीलाई ऐतिहासिक जिम्मेवारीका रूपमा सम्बोधन गर्न अग्रगामी विचार, प्रतिबद्ध संगठन र इमान्दार राजनीतिक पहल आवश्यक रहेको उल्लेख गरेका छन्।

उनले थपे, “म देशका सबै माओवादी धारासहितका वामपन्थीहरूलाई कम्युनिस्ट पार्टीको एउटै झण्डामुनि एकताबद्ध हुन हार्दिक अपिल गर्दछु। साथै संविधानको रक्षा गर्दै समुन्नत लोकतन्त्र र राष्ट्रिय स्वाधीनताका लागि सबै गणतान्त्रिक शक्तिलाई साझा मोर्चामा गोलबन्द हुन पनि आह्वान गर्दछु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply