मन बिनाको धन : जिरोदेखि हिरोसम्मको कथा

खेमराज भट्ट
काठमाडौं, कार्तिक २१ (नोभेम्बर ७)
गीत–संगीतको क्षेत्रमा लामो समयदेखि सक्रिय सर्जक टंक बुढाथोकीले आफ्नो नयाँ सिर्जना ‘मन बिनाको धन’ प्रस्तुत गर्ने तयारी गरेका छन्। “कथा : जिरोदेखि हिरोसम्म” भन्ने विषयमा आधारित यो सिर्जना जीवनका संघर्ष, सफलता र आत्मविश्वासको कथालाई कलात्मक रूपमा प्रस्तुत गर्ने उद्देश्यले तयार गरिएको हो।

यो प्रोजेक्टमा कथा, निर्देशन र संगीत टंक बुढाथोकीकै रहनेछ भने निर्माताको रूपमा विष्णुमाया मैनाली रहेकी छन्। बुढाथोकीले यस सिर्जनालाई “धनभन्दा मन ठूलो हुन्छ” भन्ने सन्देश बोकेको आत्मदर्शनात्मक कृति बताएका छन्।

निर्माता मैनालीका अनुसार, यो सिर्जना आर्थिक हैसियतभन्दा पनि भावनाको मूल्य र मानवीयताको शक्ति उजागर गर्न केन्द्रित छ। मानिस मनले धनी भए मात्र ऊ साँच्चिकै सफल हुन्छ।

मन बिनाको धन’ को टिजर छायांकनको अन्तिम तयारीमा रहेको र विशेष प्रदर्शन मिति कार्तिक २१ (नोभेम्बर ७) तोकिएको आयोजकले जानकारी दिएका छन्। काठमाडौँमा आयोजना हुने उक्त प्रदर्शन कार्यक्रममा कलाकार, सञ्चारकर्मी, संगीतकर्मी र दर्शकहरूको उल्लेख्य उपस्थिति रहनेछ।

सर्जक बुढाथोकीले भने- जीवनमा पैसा भन्दा महत्वपूर्ण कुरा मन, माया र मानवीयता हो। यही सन्देश यो सिर्जनाको मूल आत्मा हो। मानिस जब आफ्नो श्रम र सत्यमा विश्वास गर्छ, तब ऊ ‘जिरोदेखि हिरो’ बन्न सक्छ।

यो सिर्जनाबाट नेपाली संगीत क्षेत्रमा नयाँ संदेशमूलक दृष्टिकोण ल्याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply