कात्तिक २६
नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा दर्शक र खेलाडीले ओमोडा जेइकोको रोबोट डगसँग प्रत्यक्ष अन्तर्क्रिया गर्न पाउने भएका छन्।
एनपीएल सिजन–२ को ‘ड्रिभन बाइ’ पार्टनरका रूपमा ओमोडा एन्ड जेइकोले सहकार्य गरेको हो।
यस वर्ष ओमोडा जेइकोको नेपालका लागि आधिकारिक बिक्रेता एसपिजी अटोमोबाइलले खेल मैदानमा रोबोट डग प्रदर्शन गर्ने भएको छ।
मंसिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा एनपिएल सिजन–२ सुरु हुँदैछ।
चीनको चर्चित अटोमोबाइल कम्पनी चेरी अटोमोबाइल अन्तर्गतको ओमोडा जेइको सबब्रान्डले तयार पारेको यो इन्टेलिजेन्ट मेकानिकल रोबोट डग कुद्न, उफ्रन र भोइस कमान्डमा चल्न सक्छ।
एइमोगा टेक्नोलोजी प्रालिद्वारा विकसित यो रोबोट डग डाइनामिक डिजाइन र क्यामरा सिस्टम सहित तयार गरिएको हो।
ओमोडा जेइको नेपालले यस रोबोटका लागि उपयुक्त नाम सिफारिस गर्न आग्रह गरेको छ।
एनपिएलसँग सहकार्य गर्दै ओमोडा एन्ड जेइकोले यस सिजनमा म्यान अफ द टुर्नामेन्टलाई ब्रान्डको प्रिमियम गाडी उपहार दिने घोषणा पनि गरेको छ।
