कात्तिक २६
फिलिपिन्समा हालै आएको दुईवटा शक्तिशाली चक्रवातका कारण मृत्यु हुनेको सङ्ख्या २५९ पुग्नुका साथै लाखौं मानिसहरू विस्थापित भएको बताइएको छ ।
त्यहाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्ले गत आइतबार सुपर आँधीको रूपमा आएको फङ-वङले उत्तर-मध्य लुजोन पार गर्दा अवतरण हुनुअघि कम्तिमा २७ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना अझै बेपत्ता रहेको जनाएको छ ।
नोभेम्बर ४ मा आएको कालमेगी चक्रवातले मध्य फिलिपिन्समा बाढी र पहिरो निम्त्याउँदा २३२ जनाको मृत्यु हुनुका साथै ११२ जना बेपत्ता भएको तथा ५०० बढी घाइते भएको जनाइएको छ ।
चक्रवातका कारण अधिकांश मृत्यु सेबु प्रान्तमा भएको रिपोर्ट गरिएको छ, जुन सेप्टेम्बर ३० मा आएको ६.९ म्याग्निच्युडको भूकम्पबाट पनि धेरै पीडित छन् ।
एजेन्सीका अनुसार चक्रवातले लाखौं बासिन्दाहरूलाई विस्थापित गरी घर, खेतबारी र सडक तथा पुलहरू सहित प्रमुख पूर्वाधारहरूको विनाश निम्त्याको छ ।
फङ-वोङ यस वर्ष फिलिपिन्समा आएको २१ औं उष्णकटिबंधीय चक्रवात थियो जसले देशको वार्षिक औसत २० आँधीलाई पार गरेको छ ।
