सामाजिक सञ्जाल फुकुवाको माग गर्दा युवामाथि गोलीमाथि गोली हानियो : नेता रावल

मंसिर २२
नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले युवाहरुले सामाजिक सञ्जाल फुकुवाको माग गर्दा तत्कालीन प्रधानमन्त्री केपी ओलीको सरकारले युवामाथि गोली प्रहार गरेको बताए ।

नेपाली कम्युनिष्ट पार्टीको आज अत्तरियामा आयोजित गोदावरी नगर एकता सन्देश सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने ‘युवाहरुले सामाजिक सञ्जालमाथिको प्रतिवन्ध हटाउन माग गर्दै भदौ २३ गते आन्दोलन गरेका थिए । तर,तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको कांग्रेस,एमालेलगायत दलको सरकारले निहत्था युवामाथि गोली प्रहार ग¥यो ।’

उनले भने ‘हामीले त्यो बेला नै सरकारले गोली चलाउनु गलत हो भनेका थियौँ । तत्कालीन सरकारले सुनेनन् । उहाँहरुले अझै कमजोरी स्वीकार्नु भएको छैन् ।’

उनले देश जलिरहँदा तत्कालीन प्रधानमन्त्री ओली हेलिकप्टर चढेर भागेको बताए । उनले दुई ठूला दलको दम्भी सरकारका कारण देश खरानी भएको बताए ।

उनले देशमा रोजगारी सिर्जना नहुँदा गाउँघर रित्तिदै गएको बताउँदै खेतीयोग्य जमीन समेत बाँझो हुँदै गएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply