पुस ८
धनगढी । नेपाली कम्युनिस्ट पार्टीले आज कैलालीमा जिल्ला एकता सन्देश सभा गर्दैछ । सो पार्टीले जिल्लाको साडेपानीमा जिल्ला एकता सन्देश सभा गर्न लागेको हो ।
सन्देश सभालाई पार्टीका नेताहरु डा.भीम रावल,भानुभक्त जोशी,खगराज भट्ट,प्रकाश शाहलगायतका नेताहरुले सम्बोधन गर्ने पार्टीका नेता लाजुराम चौधरीले जानकारी दिए ।
कार्यक्रममा १० हजार जनाको सहभागिता रहने नेपाली कम्युनिस्ट पार्टीको दाबी छ । नेपाली कम्युनिस्ट पार्टीले देशव्यापी एकता सन्देश सभा गरिरहेको छ ।
सो पार्टीले गत मंसिर १२ गने धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय पार्टी एकता सभा गरेको थियो ।
नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी सहित १६ घटकबीच एकीकरण भएपछि नवगठित नेपाली कम्युनिस्ट पार्टीले हाल जिल्ला र स्थानीय तहहरूमा एकता सभा गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
