सुनचाँदीको मूल्य सामान्य घट्यो

पुस १०

अघिल्लो दिनको तुलनामा बिहीबार सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ र चाँदीको मूल्य २० रुपैयाँ घटेको हो ।

बुधबार छापावाल सुन तोलामा २ लाख ६८ हजार १ सय रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च थियो ।

तर, बिहीबार भने छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

यस्तै बुधबार चाँदीको मूल्य तोलामा २ हजार ४२० रुपैयाँ थियो । बिहीबार भने चाँदीको मूल्य घटेर ४ हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply