पुस १३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहबीच विभिन्न विषयमा सात बुँदे सहमति भएको छ ।
उनीहरूबीच आज (१३ पुस ) बिहान करिव चार बजे सहमति भएको बताइएको छ । सहमतिमा सभापति लामिछाने र प्रमुख साहले हस्ताक्षर गरेका छन् । प्रमुख साहले सहमतिमा हस्ताक्षर गर्दै गरेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।
सार्वजनिक विवरणअनुसार नवयुवाले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिइ घाइते तथा शहीद परिवारका मागको यथोचित सम्बोधन गर्ने सहमतिमा उल्लेख छ ।
यस्तै, पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधिसभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र साह हुने सहमति भएको छ ।
त्यसैगरी, सहमतिपछि स्थापित हुने राजनीतिक दल, चुनाव चिह्न र पार्टी कार्यालय नाम राष्ट्रिय स्वतन्त्र पार्टीको नै हुनेछ ।

