नेपाल प्रहरीका १० जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीका १० जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।

गृह मन्त्रालय अन्तर्गत बढुवा समितिको बैठकले बुधबार सूचना जारी गर्दै एसपीहरूलाई एसएसपी बढुवाका लागि सिफारिस गरिएको जानकारी दिएको हो।

एसएसपीमा बढुवा सूचीको पहिलो नम्बरमा नेपाल प्रहरी वेशष सुरक्षा गण महेन्द्रनगर कञ्चनपुरमा कार्यरत एसपी रामप्रकाश शाह छन्।

त्यस्तै नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय सामाखुशी काठमाडौंको मानवस्रोत व्यवस्थापनमा कार्यरत एसपी भुवनेश्वरी तिवारी सूचीको दोस्रो नम्बरमा छन्।

बढुवा सूचीमा रहेका अन्य एसपीहरूमा ऋषि राम काफ्ले, श्याम सिं चौधरी, नकुल पोखरेल, दिलिप घिमिरे, पदमबहादुर विष्ट, योगेन्द्र सिंह थापा र सुवासचन्द्र बोहरा छन्। सेतोपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply