राष्ट्रिय लिग : पुलिस र चित्लाङको बराबरी

माघ ६ गते । नेपाल पुलिस क्लबले एन्फा राष्ट्रिय लिगमा चित्लाङ फुटबल क्लबसँग बराबरी खेल्दै अङ्क बाँडेको छ ।

सादोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मङ्गलबार भएको खेलमा पुलिस र चित्लाङ १–१ गोलको बराबरीमा रोकिए । चित्लाङले ४०औँ मिनेटमा म्याथ्यु बाबाटुन्डे ओलान्रेवाजुको गोलमा अग्रता लिएको थियो ।

त्यसपछि पुलिसले ८६औँ मिनेटमा चित्लाङको आत्मघाती गोल सहयोगमा हार टारेको थियो । बराबरीसँगै दुई खेल खेलेको चित्लाङको चार अङ्क छ । पुलिसकाे समान खेलबाट एक अङ्क छ ।

लिगमा हिमालयन शेर्पा क्लबबाहेक १३ वटा ए’ डिभिजनसहित मोफसलका लालीगुराँस एसोसिएसन, काँक्रेबिहार युवा क्लब, नव जनजागृति क्लब र चित्लाङ एफसीले प्रतिस्पर्धा गर्ने छन् । लिगको विजेता टोलीले ५० लाख रुपियाँ पुरस्कार पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply