२६८१ विन्दुमा नेप्से, साढे सात अर्बको सेयर किनबेच

माघ २१
बुधबार नेप्से परिसूचक झिनो अंकले घटेको छ।

नेप्से १.६४ अंकले घटेर २६८१.५० विन्दुमा बन्द भएको छ।

नेप्सेसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

मंगलबार आठ अर्ब ६३ करोड रूपैयाँको कारोबार भएकोमा मंगलबार सात अर्ब ४९ करोड रूपैयाँ पुगेको छ।

यसदिन ३२६ वटा धितोपत्रको एक करोड ६६ लाख ८२ हजार ६२६ कित्ता सेयर किनबेच भएको हो।

बुधबार ११३ कम्पनीको सेयरमूल्य बढेको छ भने १३४ वटाको घटेको छ। यस्तै, १३ कम्पनी स्थिर छन्।

यसदिन चार कम्पनीमा सकारात्मक सर्किट लागेको छ।

कालिन्चोक दर्शन, सुपर माइ हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र आँखुखोला जलविद्युतको मूल्य १० प्रतिशतका दरले बढेको छ।

यसैगरी, एचएलआई लार्ज क्याप फण्डकाको मूल्य सर्वाधिक घटेको छ।

उक्त कम्पनीको मूल्य ५.५४ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ७१ पैसामा झरेको छ।

यस्तै, रावा इनर्जीको मूल्य ४.१३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७६६ रूपैयाँ कायम भएको छ।

बुधबार आँखुखोला जलविद्युतको सर्वाधिक कारोबार भएको छ।

उक्त कम्पनीको प्रतिकित्ता ३५४ रूपैयाँ २० पैसामा ८० करोड बराबरको सेयर कारोबार भएको हो।

सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा एसवाई प्यानल रहेको छ। उक्त कम्पनीको दुई हजार ७५ रूपैयाँमा ६० करोड २० लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सात समूहको परिसूचक बढेको छ भने बाँकी ६ समूहको परिसूचक घटेको छ।

यसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक ०.९३ प्रतिशतले बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply