पुर्चौडीमा जन्ती बोकेको बस दुर्घटना : मृतक संख्या १३ पुग्यो

माघ २३
बैतडी- बैतडीको पुर्चौडी नगरपालिका–७ बडगाउँ मोडमा जन्ती बोकेको यात्रुबाहक बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ। दुर्घटनामा घाइते भएका पाँच जनाको गएराति उपचारका क्रममा मृत्यु भएपछि मृतक संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

पुर्चौडी नगरपालिका–७ भवनेबाट बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस हिजो राति अनियन्त्रित भई सडकबाट पल्टिएको थियो। दुर्घटनामा ८ जनाको घटनास्थलमै मृत्यु भएको थियो।
डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु हुने पाँच जना बझाङको बित्थडचिर गाउँपालिका–७ का बिसन दत्त जोशी (१७), दीपक राज जोशी (२८), किसान दत्त जोशी (४६), केदारस्यू गाउँपालिका–७ का केशव राज भट्ट (२७) र बैतडी पुर्चौडी–७ का शुसिल जोशी (१५) रहेका छन्।

घटनास्थलमै ज्यान गुमाउनेमा बझाङ बित्थडचिर गाउँपालिका–७ का केशबराज जोशी (४०), अशोकराज जोशी (१३), बसन्त जोशी (३५), विसनदत्त जोशी (४१), केदारस्यू गाउँपालिकाका मोहनदेव भट्ट (६०), जयपृथ्वी नगरपालिका बझाङका बसन्तराज रतला (४०) र बैतडी पुर्चौडी–७ की पुष्पा अवस्थी (४०) रहेका छन्।

प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका ३५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूलाई बझाङ, डडेल्धुरा र धनगढीका अस्पतालमा भर्ना गरिएको छ। तीमध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरीले जनाएको छ।

दुर्घटनाका बेला बेहुला–बेहुली अर्को गाडीमा सवार रहेकाले सकुशल रहेका छन्। बस चालकलाई नियन्त्रणमा लिइएको छ भने दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply