बढ्यो अमेरिकी डलरको भाउ, अरू मुद्राको कति छ विनिमयदर?

माघ २९
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको भाउ केही वृद्धि भएको छ। आज अमेरिकी डलरको मूल्य एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा तोकिएको छ। बुधबार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा तोकिएको थियो।

यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७३ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २७ पैसा, स्विस फ्र्यांक एकको खरिददर १८९ रुपैयाँ नौ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८७ पैसा कायम गरिएको छ। यस्तै अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ १३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ १९ पैसा र बिक्रीदर १०७ रुपैयाँ ६३ पैसा, सिंगापुर डलर एकको खरिददर ११४ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११५ रुपैयाँ २६ पैसा तोकिएको छ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९६ पैसा र बिक्रीदर २१ रुपैयाँ ५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७९ पैसा कायम भएको छ।

राष्ट्र बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ६७ पैसा र बिक्रीदर चार रुपैयाँ ७६९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६ रुपैयाँ ४२ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ १० पैसा र बिक्रीदर २३ रुपैयाँ २० पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८ रुपैयाँ ६० पैसा, कुवेती दिनार एकको खरिददर ४७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ७४ पैसा, बहराइन दिनार एकको खरिददर ३८४ रुपैयाँ १४ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ७४ पैसा, ओमनी रियाल एकको खरिददर ३७६ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ७६ पैसा रहेको छ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा हेर्न सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply