घट्यो सुन-चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच?

फागुन २८
नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको भाउ घटेको छ।

बुधबार प्रतितोला दुई हजार रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई हजार रूपैयाँ नै घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १७ हजार रूपैयाँमा किनबेच भइरहेको छ।

बुधबार सुन प्रतितोला तीन लाख १९ हजार रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि घटेको छ।

बुधबार प्रतितोला पाँच हजार सात सय २० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला पाँच हजार पाँच सय १५ कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय पाँच रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply