सोविता गौतमको निर्वाचन खर्च ९ लाख ९३ हजार

फागुन २८
चितवन–२ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सोविता गौतमले आफ्नो निर्वाचन खर्च विवरण निर्वाचन आयोगमा पेस गरेकी छन्।

जिल्ला निर्वाचन कार्यालय चितवनमा बुझाइएको विवरणअनुसार उनले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम गरेको सम्पूर्ण खर्च सार्वजनिक गरेकी हुन्।

पेस गरिएको विवरणअनुसार मनोनयन दर्तामा ५ हजार रुपैयाँ खर्च भएको छ। प्रचार–प्रसार सामग्रीमा २ लाख ९६ हजार ८ सय रुपैयाँ, मतदाता प्रशिक्षणका लागि १ दिनमा २० हजार रुपैयाँ खर्च गरिएको उल्लेख छ।

त्यस्तै नमूना मतपत्र तथा घोषणा पत्र छपाइमा ६८ हजार २ सय रुपैयाँ, २८ वडामा गरिएको वडा स्तरीय प्रचार–प्रसारमा १ लाख ८ हजार रुपैयाँ खर्च भएको जनाइएको छ।

सवारी साधन तथा चालक व्यवस्थापनमा १५ दिनका लागि ३ लाख २५ हजार रुपैयाँ, सचिवालय प्रयोजनका स्टेसनरीमा २३ हजार ४ सय ४५ रुपैयाँ र खाद्यान्न, रासन तथा पानीमा १ लाख १८ हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ।

यसरी उम्मेदवार गौतमले निर्वाचन अवधिभर गरेको कुल खर्च ९ लाख ९३ हजार ४५ रुपैयाँ रहेको विवरणमा जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply