एकैदिन प्रतितोला ४८ सय रूपैयाँ घट्यो सुनको भाउ, कतिमा हुँदैछ किनबेच?

चैत १
नेपाली बजारमा आज (आइतबार) सुन-चाँदीको भाउ घटेको छ।

शुक्रबार प्रतितोला दुई हजार आठ रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला चार हजार आठ सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।

शुक्रबार सुन प्रतितोला तीन लाख १४ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार चाँदीको मूल्य पनि घटेको छ।

शुक्रबार प्रतितोला पाँच हजार चार सय ९५ रूपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला पाँच हजार दुई सय ७० कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला दुई सय २५ रूपैयाँ घटेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार २१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply