सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि, आज कतिमा हुँदैछ किनबेच?

चैत २
नेपाली बजारमा आज (सोमबार) सुन-चाँदीको भाउ सामान्य बढेको छ।

आइतबार प्रतितोला चार हजार आठ रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला एक सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख नौ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।

आइतबार सुन प्रतितोला तीन लाख नौ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ।

आइतबार प्रतितोला पाँच हजार दुई सय ७० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला पाँच हजार दुई सय ६५ कारोबार भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार १५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply