लगानीकर्ता आत्तिँदा बजारले गुमायो १०२ अंक

चैत २२
लगानीकर्ता आत्तिँदा सेयर बजार परिसूचक नेप्सेले १०२ अंक गुमाएको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानमा व्यवसायीहरू पक्राउ पर्ने क्रम जारी रहेपछि बजारको मनोविज्ञान खस्किएको हो।

केही दिन अगाडि शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई प्रहरीले पक्राउ गरेको थियो।

आइतबार सोही समूहका सञ्चालक शुलभ अग्रवाल पक्राउ परेको खबर बाहिरिएपछि बजार उच्चले घटेको हो।

यो समाचार तयार पार्दासम्म नेप्से ९८ अंकले घटेको छ।

नेप्से १०२ अंकसम्म घटे पनि सुधार भएर फर्किने क्रममा रहेको हो।

अहिलेसम्म बजारमा आठ अर्ब ६० करोडको सेयर कारोबार भएको छ।

सूचीकृत मध्ये सात कम्पनीको मात्रै सेयर मूल्य बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply