सुशासनको सन्देश: शक्तिशालीमाथि पनि कारबाही प्रक्रिया

चैत २५
धनगढी – पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वमन्त्री डा. आरजु राणा देउवाविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी विषयमा अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ। यस क्रममा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले कानुनी प्रक्रिया पूरा गर्दै जिल्ला अदालत काठमाडौंबाट आवश्यक अनुमति लिएको जनाएको छ।

सम्बन्धित निकायका अनुसार कानूनको दायरा भित्र रहेर अनुसन्धान कार्य अघि बढाइएको हो। हाल देउवा दम्पती विदेशमा रहेका कारण तत्काल नियन्त्रणमा लिन नसकिए पनि अनुसन्धान निरन्तर जारी रहेको बताइएको छ।

यस घटनालाई कानुनी शासन सुदृढ बनाउने, पारदर्शिता कायम गर्ने र सुशासन प्रवर्द्धन गर्ने सकारात्मक कदमका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply