वैशाख २५
शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
नेप्से २७.४९ अंकले बढेर २७४५.६५ विन्दुमा बन्द भएको हो।
नेप्सेसँगै कारोबार रकम भने अघिल्लो दिनको तुलनामा बढेको छ।
बिहीबार २ अर्ब ९३ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ३ अर्ब २८ करोड रूपैयाँको कारोबार भएको छ।
यसदिन ३३५ वटा धितोपत्रको ७४ लाख ७८ हजार ५६२ कित्ता सेयर किनबेच भएको हो।
शुक्रबार २३५ कम्पनीको सेयर मूल्य बढेको छ भने २६ वटाको घटेको छ। यस्तै, ८ कम्पनी स्थिर छन्।
यसदिन त्रिशूली जलविद्युतको मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ।
उक्त कम्पनीको प्रतिकित्ता मूल्य ५६१ रूपैयाँ पुगेको छ।
यस्तै, होटल फरेस्ट इनको मूल्य ७.९० प्रतिशतले बढेर प्रति कित्ता मूल्य एक हजार ७३ रूपैयाँ कायम भएको छ।
सर्वाधिक मूल्य घट्नेमा स्वावलम्बन लघुवित्त रहेको छ।
उक्त कम्पनीको मूल्य ६.५४ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ७५७ रूपैयाँमा झरेको छ
यसैगरी, ग्लोबल आइएमई समुन्नत योजना २ को मूल्य २.६२ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ९ रूपैयाँ ३० पैसामा सीमित भएको छ।
शुक्रबार होटल फरेस्ट इनको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको एक हजार ७३ रूपैयाँमा १३ करोड ८६ लाख रूपैयाँको कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा २.५२ प्रतिशत घटेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा रिलायन्स स्पिनिङ मिल्स रहेको छ। उक्त कम्पनीको तीन हजार ८०० रूपैयाँमा १३ करोड ६४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये व्यापार समूहको परिसूचक स्थिर छ बाँकी १२ समूहको परिसूचक बढेको छ।
यसमध्ये वित्त समूहको परिसूचक सर्वाधिक १.८७ प्रतिशतले बढेको छ।
