काठमाडौँ, जेठ १७ गते । नेपाल मलेसियामा जारी एसियन गेम्स महिला क्रिकेट छनोटबाट बाहिरिएको छ ।
मलेसियाको बायुमास ओभल मैदानमा आइतबार तेस्रो स्थानका लागि भएको खेलमा चीनसँग डीएल मेथडमा पाँच विकेटले पराजित भएपछि नेपालको एसियाड खेल्ने सपना चकनाचुर बनेको हो ।
वर्षाले प्रभावित खेलमा सात ओभरमा ४३ रनको लक्ष्य पछ्याएको चीनले अन्तिम बलमा दुई रन आवश्यक रहँदा चौका हान्दै रोमाञ्चक जित निकालेको हो । अन्तिम बलमा साइ युझीले चौका प्रहार गर्दै नेपाललाई स्तब्ध बनाउनुभयो ।
यसअघि अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सात ओभरको खेलमा पाँच विकेटको क्षतिमा ५० रन बनाएको थियो ।
नेपालका लागि कविता कुँवरले अविजित २२ र कप्तान इन्दु बर्माले ११ रन बनाउनुभएको थियो । तेस्रो भएको चीनसँगै फाइनलमा पुगेको मलेसिया र थाइल्यान्ड एसियन गेम्समा छनोट भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
