काठमाडौं, जेठ २२ गते । नेपाली बजारमा शुक्रबार सुन र चाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले घटेर तीन लाख नौ हजार रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला तीन लाख ११ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो।
चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले घटेर पाँच हजार दुई सय ३० रुपैयाँमा झरेको छ। अघिल्लो दिन चाँदी पाँच हजार दुई सय ८५ रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस चार हजार चार सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको व्यवसायीहरूको भनाइ छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
