त्रिशूली–३ ‘ए’ सुरुङको मुख भेटियो, ४२ जना बेपत्ता

भदौ १४ गते । भोटेकोशी बाढीबाट क्षतिग्रस्त ६० मेगावाट क्षमताको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङको मुख भेटिएको छ।

प्रतिनिधिसभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेका अनुसार आयोजनाको ४० मिटर अपस्ट्रिममा रहेको भर्टिकल होलभन्दा आठ मिटर तल सुरुङको मुख पहिचान भएको हो।

सुरुङभित्र रहेका ४२ जना सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धारका लागि नेपाली र विदेशी प्राविधिक टोली परिचालन गरिएको छ। सुरुङको मुख पत्ता लागेसँगै उद्धार कार्य थप सहज हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *