कैलाली जनपुस्तकालयको सदस्यमा राजेन्द्र रैका सर्बसम्मत

 

 

कैलालीका अत्यन्तै सकृय सामाजिक अभियन्ता एंव अधिकारकर्मी राजेन्द्र रैका सुदूरपश्चिमको ऐतिहासिक संस्था कैलाली जनपुस्तकालयको कार्यसमिति सदस्यमा चयन हुनुभएको छ ।  शुक्रबार बसेको जनपुस्तकालयको बैठकले रैका लाई सदस्य पदमा सर्बसम्मत रुपमा चयन गरेको हो । दुई दशक देखि मानवअधिकार सामाजिक न्याय र युवा सशक्तीकरण,दलित सिमान्तकृत समुदायको हक अधिकार एंव रुपान्तरणको क्षेत्रमा योगदान पुर्याएको भन्दै कैलाली जनपुस्तकालयले अाफ्नो ६५औं बार्षिकोत्सबमा अभियन्ता रैकालाई राष्ट्रिय सम्मान प्रदान गरेको थियोे ।

एक विशेष समारोहमा सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले माला, दोसल्ला सम्मान पत्र सहित युवा प्रतिभा राष्ट्रिय सम्मान -२०७८ ले सम्मान गर्नुभएको थियोे । अधिकारकर्मी रैका दर्जन बढी संघसंस्थामा अाबद्घ रहि सुदूरपश्चिमको बिकास समृद्धिका कृयाशिल छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply