चुरे गाउँपालिका र गौरीगंगा नगरपालिका बिचको सिमा विवादको बिषय अझै टुगिंएन

 खेम ढुङ्गाना
धनगढी :- कैलालीको चुरे गाउँपालिका र गौरीगंगा नगरपालिका बिचको सिमा विवादको बिषय अझै सम्म टुगिंएको छैन । गौरीगंगा नगरपालिकाले बर्षौदेखी चुरे गाउँपालिकाको भुभागलाई आफ्नो क्षेत्राधिकारका रुपमा प्रयोग गर्दै आएको छ । स्थानिय सरकार गठन भएपछिको नक्सा अनुसार पुर्वपश्चिम राजमार्ग अन्तर्गत शिवगंगा पुलबाट झन्डै ७ सय मिटर उत्तरदेखीको भुभाग चुरे गाउँपालिकामा पर्दछ । तर चुरे गाउँपालिका वडा नं. ४ मा पर्ने भुभागमा गौरीगंगा नगरपालिकाले बलमिच्याईका साथ बर्षौदेखी नदीजन्य पदार्थ उत्खनन गर्दै आएको छ । जसले गर्दा चुरे गाउँपालिका आफ्नै सम्पत्ती उपभोग गर्नबाट बञ्चित भएको छ । एक त चुरे गाउँपालिकाको आन्तरीक आम्दानीको श्रोत निकै कम छ, भएको श्रोतमा पनि छिमेकी पालिकाले रजाई गर्न थालेपछि गाउँपालिकाले बर्षेनी ठुलो राजस्व गुमाउनु परेको छ । गौरिगंगा नगरपालिकाले चुरेको वर्षेनी ३ करोड बराबरको नदिजन्य पदार्थ बिक्रि गर्ने गरेको गाउँपालिका अध्यक्ष चक्र बोगटीको भनाई छ । उनका अनुसार गाउँपालिकाले आफ्नै भुभागमा पर्ने प्राकृतिक सम्पदाको उपभोग गर्न नपाउँदा गएको पाँच बर्षमा झन्डै १५ करोड बढी राजस्व गुमाउनु परेको थियो । स्थानीय पालिकाको सिमाङ्कनका विषयमा ठोस निक्र्यौल गर्न नसक्दा यी दुई पालिका बिचको बिवाद झनझन बढदै गएको छ । तर यता गौरीगंगा नगरपालिकाले भने चुरे गाउँपालिकाले दावी गर्दै आएको उक्त भुभाग बर्षौदेखी नगरपालकाले नै भोगचलन गर्दै आएको जनाएको छ । नगरप्रमुख देवीदत्त कंडेलले सम्बन्धीत निकायले सिमाङकन गरीदिए आफुहरु उक्त भुभागमा कुनै हस्तक्षप नगर्ने बताएका छन । स्थानिय सरकार गठन भएपछि संघिय सरकारले नै पालिकाहरुको सिमाना छुट्टयाएको हो । तर अहिले त्यो कार्यान्वयन भएको छैन । विगतदेखी नै सिमाङ्कनका सवालमा पटक पटक ताकेता गर्दापनि मुख्यमन्त्री र जिल्ला प्रशासन कार्यालय मुकदर्शक बनेको गाउँपालिकाको आरोप छ । यसअघिका जनप्रतिनीहरुले सिमा विवाद भएको भन्दै उच्च अदालतमा उजुरी समेत दिएका थिए । तर अहिले सम्म गाउँपालिकालाई कसैले जवाफ सम्म फर्काएको छैन । हालै निर्वातिच भएको जिल्ला समन्वय समितीले भने दुई पक्षलाई बोलाई सिमा विवादको समस्या टुङगो लगाईने दावी गरेको छ । गौरीगंगा नगरपािलकाले मात्रै होईन पश्चिम तर्फ डोटीको जोरायल गाउँपालिकाले समेत चुरेको भुभागमा नदीजन्य पदार्थ उत्खनन गरीरहेको छ । तर सम्बन्धीत निकायको मौनताका कारण चुरे गाउँपालिका छिमेकी पालिकाको अत्याचार सहनबाध्य छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply