राज्यमन्त्री रैका द्धारा अछामलाई पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

अछाम जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा भएको छ । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले शनिबार एक समारोहका बीच जिल्ला घोषणा गरेका हुन् । जिल्लाका दस वटै स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेर जिल्लालाई घोषणा गरिएको हो । कार्यक्रममा बोल्दै राज्यमन्त्री रैकाले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर कार्यक्रम संचालन गर्ने बताए । उनले प्रदेश सरकार प्रति गुनासो गर्दै स्वास्थ्य भवनका लागि छुट्याइएको बजेट तथा कार्यक्रम काटेर मन्दिरहरूमा बजेट हालेकाले त्यसमा असहमत रहेको बताए । १५ महिनाभित्रैका बालबालिकालाई १३ वटा रोग विरूद्ध विभिन्न १४ वटा खोप लगाउने गरिएको स्वास्थ्य कार्यालय अछामका प्रमुख तथा जिल्ला पूर्णखोप समन्वय समितिका सदस्य सचिब झनक ढुंगाना ले जानकारी दिए । डोटीका २ सय ४१ वटा खोप केन्द्रबाट खोप दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

डोटीका जम्मा ३ हजार ८ सय ५१ बालबालिकालाई खोपको सुनिश्चितता गरेर यो कार्यक्रमको घोषणा गरिएको ढुगानाले बताए । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति एवं जिल्ला पूर्णखोप समन्वय समितिका संयोजक ललित कुँवर जिल्ला पूर्णखोप घोषणाका लागि सहयोग गरेकोमा सबै निकायलाई धन्यवाद दिँदै खोपका कारण मानिसको आयुमा समेत वृद्धि हुने भएकाले यो स्वास्थ्यको महत्त्वपूर्ण सूचक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply