यातायात मजदुरहरुको पेशागत हक हित र अधिकारको पक्षमा निरन्तर कृयाशिल यातायात श्रमिकहरुको प्रिय संगठन अखिल नेपाल यातायात मजदुर संघ सुदुरपश्चिम प्रदेश कमिटिको दोस्रो भेला संगठनका प्रदेश अध्यक्ष ललित मल्लको अध्यक्षतामा अखिल नेपाल ट्रेड युनियन महासंघ सुप इन्चार्ज तथा केन्द्रिय सचीव नरहरीनाथ योगिको प्रमुख आतिथ्यमा सम्पन्न भयो।
धनगढी उपमहानगरपालिका ४ स्थित होटल सिप्रोनमा आयोजित भेलामा अखिल नेपाल यातायात मजदुर संघ रास्ट्रीय सम्मेलन आयोजक कमिटिका संयोजक रामचन्द्र कार्की, कार्यलय सदस्य दिपक के.सी, अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रिय सदस्य द्वय जगदिश सेठ्ठी बम ब कठायत, सुन्दर के. सी, आयोजक कमिटी सदस्य रमेश गुरुङ्ग, लगायतको आतिथ्यमा सम्पन्न कार्यक्रमले सडक सुरक्षा, सडक दुर्घटना न्यूनीकरण, यात्रु मैत्री सार्वजनिक यातायात, लगायत यातायात क्षेत्रमा देखिएका विभिन्न समस्याहरु को बारेमा वक्ताहरुले बोल्नुभएको थियो। सोही भेलाले बेद प्रसाद शेरचनको अध्यक्षतामा २५ सदस्यीय प्रदेश कमिटी चयन गरेको थियो।कार्यक्रम साहित्यकार सिर्जन श्रीले संचालन गरेका थिए।