भारतसँग नेपालको लज्जास्पद हार

काठमाडौं- साफ अन्डर-२० च्याम्पियनसिपमा नेपालले भारतसँग लज्जास्पद हार व्यहोरेको छ। भुवनेश्वरको कालिंगा रंगशालामा आइतबार भएको खेल नेपालले ८–० को हार व्यहोरेको हो।

खेलको ३२औँ मिनेटमा टाइसन सिंह लोइटोङगामले भारतीय टिमका लागि गोल गरे। पार्थिब सुन्दरले ५१औँ र ५२औँ मिनेटमा, पाथुम गिमहानाले ६४औँ मिनेटमा, हिमान्सुले ७१औँ मिनेटमा, मोहम्मद रिकाजले ७८औँ मिनेटमा, गुरकिरात सिंहले ९०औँ मिनेटमा र आतिरिक्त समयमा शुभो पौलले गोल गरेका थिए।

यसअघि नेपाली टिमले पहिलो खेलमा माल्दिभ्सलाई ४–० र श्रीलंकालाई ३–० ले हराएको थियो। उता भारतले पहिलो खेलमा बंगलादेशसँग २–१ ले पराजय व्यहोरेको थियो। दोस्रो खेलमा भने उसले श्रीलंकालाई ४–० ले पन्छाएको थियो।

आइतबारको नतिजासँगै नेपाल र भारतको ६–६ अंक भएको छ। आ–आफ्ना अन्तिम खेलमा नेपालले बंगलादेश र भारतले माल्दिभ्सको सामना गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply