मज्गैं तेक्वान्दोका खेलाडीहरूको ऐतिहासिक सफलता : स्वर्ण पदक जितेर देश र गाउँको नाम उज्यालो

रैकवार खबर
कञ्चनपुर, कृष्णपुर —गाउँको धुलोमाटोमा ठोकर खाँदै हुर्किएका मजगैं तेक्वान्दोका खेलाडीहरूले अहिले राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमै तहल्का मच्चाइरहेका छन्। देहरादुन, भारतमा सम्पन्न राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी भई उनीहरूले कुल ९ स्वर्ण पदक जितेर नेपालको गौरव बढाएका छन्।

यद्यपि, अभाव र कठिनाइबीच पनि अडिग रही राष्ट्रिय सम्मान दिलाउने यी खेलाडीहरू आजसम्म राज्यको नजरमा भने पर्न सकेका छैनन्।अभावबीच उब्जिएको सफलता मजगैंका खेलाडीहरूसँग न त राम्रो प्रशिक्षण भवन छ, न त पर्याप्त खेल सामाग्री। चिसो, गर्मी र वर्षा जस्तोसुकै मौसममा पनि साधारण मैदानी घाँसमा अभ्यास गर्दै उनीहरूले असम्भवलाई सम्भव बनाइरहेका छन्। प्रशिक्षक प्रशान्त चौधरी, जो स्वयं एक साधारण किसान परिवारका छोरा हुन्, वर्षौंदेखि निरन्तर आफ्ना खेलाडीहरूलाई उच्च मनोबलका साथ प्रशिक्षण दिँदै आएका छन्। उनी भन्छन्,”हामीसँग न त धन छ, न सम्पत्ति। तर सपना छ — हाम्रो गाउँ र देशलाई चिनाउने। कहिले काँही मन रुन्छ, खेलाडीहरूलाई केही दिन सक्दिनँ, तर उनीहरूको सपना, मिहिनेत र संघर्ष देखेर फेरि हौसिन्छु।”

सम्मानको आशा, उपेक्षाको पीडा भारतमा सफलतापूर्वक ९ स्वर्ण जितेका यी खेलाडीहरूलाई भारतमै सम्मान गरियो। तर, आफ्नै देश फर्किएपछि यथेष्ट सम्मान र चासो नपाउँदा उनीहरूमा पीडा र निराशा गहिरिएको छ।
प्रशिक्षक चौधरी भावुक हुँदै भन्छन्,”आज जब मेरा खेलाडीहरूले मेरो गलामा स्वर्ण पदक टाँगिदिए, मेरो आँखा रसाए। त्यो क्षण मेरो जीवनकै सबभन्दा गौरवमय पल थियो। हामीले गरिबीलाई जितेर स्वाभिमानको झण्डा फहराएका छौं। तर, आफ्नो देशमा अझैपनि हामी चिनिँदैनौं भने कसरी नयाें पुस्ताले विश्वास गर्ने?” स्थानीय सरकारको ध्यानाकर्षण अहिलेसम्म मजगैं तेक्वान्दो खेलाडीहरूको योगदान र समस्याप्रति स्थानीय सरकार तथा सम्बन्धित निकायहरूले उचित पहल नगरेको गुनासो प्रशिक्षक चौधरी र अभिभावकहरूले गरेका छन्।

सम्भावनाशील खेलाडीहरूको भविष्य उज्ज्वल बनाउन अब तत्काल पूर्वाधार विकास, खेल सामाग्री व्यवस्थापन र आवश्यक सम्मानको व्यवस्था हुनुपर्ने आवश्यकता देखिएको छ। खेलकुदमा गगनचुम्बी सफलता ल्याउने यी सच्चा हिराहरूमाथि सरकारले अविलम्ब ध्यान दिनुपर्ने आवाज चर्किन थालेको छ। उनीहरूलाई सम्झौं,
उनीहरूको संघर्षलाई कदर गरौं —त्यो दिन टाढा छैन, जब यी खेलाडीहरू अन्तर्राष्ट्रिय स्तरमा नेपालको स्वाभिमान झल्काउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply