बैतडी:- सामुदायिक वन दिवसकाे अवसरमा देशभर वृक्षारोपण तथा शुभकामना आदानप्रदान कार्यक्रम गरि मनाईएको छ । बैतडीमा पनि सामुदायिक वन दिवसको अवसरमा सामुहिक वृक्षारोपण गरिएको छ । नयाँ बनेको जिल्ला अस्पताल बैतडीको भवन वरिपरि सामुहिक वृक्षारोपण गरिएको हो ।
‘सुशासन र समृद्धि, सामुदायिक वनमा उद्यम र उद्यमि’ भन्ने मुल नाराका साथ आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेस पन्थी लगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
दिवसको अवरमा आज अस्पताल वरिपरि करिब ३ सय विरुवाहरु रोपिएका छन् । ओखर, लप्सी, टिमुर, फुलहरु लगायतका विरुवा रोपिएको डिभिजन वन अधिकृत भिमप्रसाद कडेलले बताउनुभयो । उहाँका अनुसार उक्त रोपिएका विरुवाहरुको संरक्षणका लागि तारबारको समेत व्यवस्था गरिने छ । वृक्षारोपणले जिल्ला अस्पताल वरिपरिको वातावरणमा पनि सकारात्मक प्रभाव पार्ने जिल्ला अस्पतालका व्यवस्थापक सुमन महराले बताउनुभयो । महराका अनुसार अस्पतालमा आउने बिरामीका लागि शान्त वातावरण सृजना गर्न वृक्षारोपणका साथै बगैचा स्थापनको लागि पनि कार्यक्रम बनाईने छ । वृक्षारोपण मात्रै नभई रोपिएका विरुवालाई संरक्षण गर्नपनि उतिक्कै आवश्यक भएकाले यसतर्फ पनि ध्यान दिनुपर्ने साथै वृक्षरोपण गर्ने कामसंगै हुर्काउनका लागि सबैलाई लाग्न आग्रह गर्नुभयो ।वृक्षारोपणले हरियाली बढने प्रमुख जिल्ला अधिकारी सुरेस पन्थीले बताउनुभयो