जय शाहीले बताउनुभयो : प्रतियोगितामा दुई विभागीयसहित ६ टोलीको सहभागि

धनगढी : प्रतियोगितामा नेपाली आर्मी, सशस्त्र प्रहरी बलसहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नं १ र सुदूरपश्चिम प्रदेशको सहभागिता छ । महिला क्रिकेटमा पुलिस क्लब विजयी यसैगरी पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी महिला क्रिकेटको आजको खेलमा विभागीय नेपाल प्रहरीको पुलिस क्लब विजयी भएको छ ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा पुलिसले ६३ रनको फराकिलो अन्तरमा कर्णाली प्रदेशमाथि जीत निकाल्दै विजयी सुरुआत गरेको हो । पुलिस क्लबले दिएको एक सय ११ रनको लक्ष्य कर्णाली प्रदेशले पछ्याउँदै गर्दा बर्सातले खेल रोकिन पुगेको थियो । दस ओभर दुई बलको खेल जारी रहँदा पानी परेपछि ‘डिएलए मेथड’ अनुसार पुलिस क्लब ६३ रनले विजयी भएको हो । खेल रोकिनुअघि कर्णाली प्रदेशले सात विकेटको क्षतिमा १७ रन जोडेको थियो ।

कर्णालीका लागि दीक्षा पुरीले सर्वाधिक सात रन बनाउनुभयो । पुलिस क्लबका सबनम राई, सङ्गीता राई, कविता जोशी, ईश्वरी विष्ट र हिरनमाया रोयले समान एक÷एक विकेट लिनुभयो । टस जितेर ब्याटिङ गरेको पुलिस क्लबले निर्धारित १६ ओभरमा छ विकेटको क्षतिमा एक सय १० रनको योगफल तयार पारेको थियो । मैदान भिजेका कारण ढिला सुरु भएको खेलमा चार ओभर घटाइएको थियो । पुलिसका लागि सम्झना खड्काले २१ बलमा दुई चौकाको मद्दतमा २५ रन बनाउनुभयो । यसअघि काजल श्रेष्ठ र कविता कुँवरले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गर्नुभयो । कर्णाली प्रदेशका लागि अञ्जु गुरुङले तीन तथा बीना थापा र एञ्जिला क्षत्रीले समान एक÷एक विकेट लिनुभयो । महिला क्रिकेटका सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘क’ मा आयोजक गण्डकी प्रदेशसहित सशस्त्र प्रहरीको एपिएफ, मधेस प्रदेश, सुदूरपश्चिम र बागमती प्रदेश छन् । यसैगरी समूह ‘ख’ मा नेपाल प्रहरी, कर्णाली, प्रदेश नं १ र लुम्बिनी प्रदेश रहेका छन् । नवौँ राष्ट्रिय खेलकुद यही असोज २८ देखि कात्तिक ३ गतेसम्म औपचारिक रुपमा गण्डकीका आठ जिल्लामा हुँदैछ । राष्ट्रिय खेलकुद प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएनको एक गरी ११ टोलीले सहभागिता जनाएका छन् ।

गण्डकीमा ४० वर्षपछि दोस्रो पटक भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा तीन सय ९२ स्वर्ण, तीन सय ९२ रजत र ६ सय कास्य गरी एक हजार तीन सय ८४ पदकका लागि आठ हजार हाराहारीमा खेलाडीहरुकाबीच प्रतिस्पर्धा हुने राखेपले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply