धनगढी; तडीमा चक्कु प्रहारबाट एकजना घाइते भएका छन् । जिल्लाको शिवनाथ गाउँपालिका २ शर्मालीमा स्थानीय व्यापारी लालसिंह साउँदलाई शिवनाथको मडै गाउँका पारश मडैले बिहीबार चक्कु प्रहार गरी घाइते बनाएका प्रहरीले जनाएको छ ।
चक्कु प्रहारबाट साउँदको पिठ्युमा घाउ भएको र उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । चक्कु प्रहार गर्ने मडैलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु भएको उनले बताए ।
दुवै जनाबीच मदिरा सेवन गरीरहेको अवस्थामा झगडा हुँदा घटना भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1