कृष्णपुरको ९ मा सरलले गरे मतदाता संग भेटघाट

धनगढी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनअन्तर्गत घरदैलो अभियान कृष्णपुर नगरपालिका वडा नम्बर ९ मा गठबन्धन दलले शनिबार घर दैलो अभियान सम्पन्न गरेको छ ।
प्रदेश सभाका उम्मेदवार ओम बिक्रम भाट सरलको प्रमुख उपस्थितीमा चपरतला टोलमा कोणसभा गर्दै गठबन्धनको घरदैलो कार्यक्रम सम्पन्न भएको हो ।

शनिबार कृष्णपुरनगर पालिका वडा नम्बर ९ को चपरतला टोलमा भएको कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धनबाट कंचनपुर क्षेत्र नम्बर २ को क बाट प्रदेश सभाका उम्मेदवार ओम बिक्रम भाट सरलले सम्बोधन गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्यका उम्मेदवार भाटले आफुले चुनाव जितेपनि नजितेपनि ९ नम्बर वडाको सडक, कृषि, विद्युत मोहना नदिले कटान गरेको तटिय क्षेत्र लगायतको क्षेत्रमा आफुले कटिबद्ध भएर काम गर्ने प्रतिबद्धता बेक्त गरेका छन ।
उनले कृष्णपुर नगरपालिकाको राजघाट मोहना पुल देखी लिएर गुलरिया सम्म सडकमा भएको खाल्डा खुल्डी पुर्ने र खच्ची सडकलाई कालोपत्रे आफ्नो पहलमा पुर्ने घोषणा गर्नु भएको छ ।
आफुले कहिले झुठ नबोल्ने बताउँदै भाटले यदि आफुले झुठ बोल्ने गरेको भए १३ बर्षको उमेर देखी माओवादी जनयुद्धमा होमिएर समाज सेवमा लागि परेको पनि बताएका छन ।
फुलका माला बोकेर जनताको घर दैलोमा भोट माग्न जाने नेताहरुसँग होसियार रहन आग्रह गर्दै बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवारहरुलाई आफ्नो अमुल्य मत प्रदानगरि जिताउन मतदातालाई अपिल समेत बेक्त गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply