गठबन्धन कमजोर भयो भने देश दुर्घटनामा जान्छ : प्रचण्ड

धनगढी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन कमजोर भयो भने देश दुर्घटनामा जाने बताएका छन्। आइतबार सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले आगामी निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरेका छन्। फरक सन्दर्भमा बोल्दै उनले एमाले गठबन्धनको उद्देश्य गणतन्त्र उल्ट्याउने र राजतन्त्र पुनःस्थापना गर्ने रहेको बताए। आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ हुने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply