धनबहादुर बिक
कञ्चनपुर आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि कञ्चनपुर निर्वाचन क्षेत्र १ मा बाम लोकतान्त्रिक गठबन्धनले निरन्तर प्रचारप्रसार गरिरहेको छ ।
बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार प्रतिनिधी सभा तर्फ बिना मगर क्षेत्र १(क) बन्धु राना र १(ख)मा दिवान सिह विष्टले निरन्तर घरदैलो अभियान जारी राखेको बताएका छन। बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १का निर्वाचन मुल परिचालन समितिका संयोजक लोकेन्द्र लम्सालले बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले क्षेत्रमा चारै पालिकामा निरन्तर घरदैलो अभियान जारी राखेको बताए । संयोजक लम्सालले बेलडाँडी, बेलौरी, पुनर्वास र लालझाडीमा निरन्तर घरदैलो भईरहेको बताए ।
। चुनावी एजेण्डा लिएर जनताको घरदैलो अभियान रहेका उमेदवार लाई हरेक टोल बस्तिबाट स्वागत गर्दै आईरहेका छन । बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १(ख) प्रचार प्रसार समितिका संयोजक चेतन कुमार राईले क्षेत्र १को (ख) प्रादेशिक निर्वाचन क्षेत्रमा समेत उम्मेदवारद्वय मगर, विष्ट सहित र उस्तै पनि टोल, वडा, पालिका, प्रादेशिक स्तरियका निर्माण भएका समितिले जनताको घरदैलोमा पुगेर गठबन्धनको पक्षमा मत मागिरहेको बताए ।
‘हामीले उम्मेदवार हुँदा नहुँदा पनि निरन्तर वडाहरु मार्फत गाँउ टोल बस्तीमा घरदैलो गरिरहेका छौँ, ‘बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १(ख) मुल प्रचारप्रसार समिति संयोजक राईले भने,‘प्रादेशिक निर्वाचन क्षेत्रका सबै वडाहरुमा निरन्तर हामीले चुनाव प्रचारप्रसार गरिरहेका छौँ ।’ नेपाली जनताको अथक संघर्षपछि संविधान रक्षा र दिगो विकासका लागि गठबन्धनकै पक्षमा जनलहर बढिरहेको बताउँदै राईले जनताले समेत चुनावका बेला अथक साथ सर्मथन गरिरहेको बताए ।
पुर्वमन्त्री बिना मगर, संविधान सभा सदस्य दिवान सिह विष्टले क्षेत्रको विकासका लागि भूमिका निर्वाह गरेको भन्दै जनताले दुवै गठबन्धनका उम्मेदवारलाई साथ सर्मथन रहेको पाईएको नेताहरुले बताए । बाम गठबन्धनका अर्का उम्मेदवार राना सीमा रक्षाका साथै जनताको पक्षमा काम गर्ने नेता भएकाले रानालाई समेत मातृभूमि रक्षाका साथै इमान्दार नेताका रुपमा हेरिएको छ । बाम लोकतान्त्रिक गठबन्धन क्षेत्र १ का उम्मेदवार बिना मगर, दिवान सिह विष्ट र बन्धु रानाले घरदैलोमा जनताको अपार माया साथ समर्थन पाईएको बताएका छन । उम्मेबार मगर, विष्ट र रानाले जनताकै चाहना अनुरुप क्षेत्रको सम्बृद्धि गर्ने प्रतिबद्धता जाहेर गरिरहेका छन । बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जहाँ जान्छन, त्यहाँ स्थानीय स्वतस्पूर्ति आएर हजारफुलका मायाले भरिभराउ गर्दै आएका छन ।