पुनर्वास मा मोटरसाइकल चोरी र दुर्घटनामा वृद्धि

धनबहादुर बिक
कञ्चनपुर भारतीय सिमा नाका संग जोडिएको जिल्लाको दक्षिणी क्षेत्र पुनर्वास मा विगत केही महिना यता मोटरसाइकल चोरी का घटना संगै सवारी दुर्घटनामा वृद्धि भएको छ ।
गत साता पुनर्वास नगरपालिका ७ च गाउँ आफ्नै घरबाट
नरेन्द्र तामाङ को सुदूरपश्चिम प्रदेश १-११-२६९८ को सुपर स्पेलण्डर बाईक चोरी भएको छ ।
यसैबिच गत साउन यता प्रहरीले चोरि का मोटरसाइकल , दुर्घटनामा परेका , ब्लुबुक तथा सवारीचालक अनुमतिपत्र नभएका विभिन्न कम्पनीका २३ थान मोटरसाइकल नियन्त्रणमा लिएको छ भने थप अनुसन्धानका लागि नियन्त्रणमा लिएका मोटरसाइकल हरू जिल्ला प्रहरी कार्यालय पठाउने तयारीमा रहेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ति का प्रहरी निरिक्षक नरेशराज मल्लले जानकारी दिए ।
भारत का विभिन्न शहर हरूबाट भारतीय बाईक चोरी गिरोहले चोरी गरि नेपाल मा रहेका बाईक चोरी गिरोह लाई सस्तो मा बिक्री गरि पुनर्वास मा रहेका चोरी गिरोहले नेपाल का विभिन्न क्षेत्रमा बिक्री गर्ने गरेको श्रोतको भनाइ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply