धनबहादुर बिक
कञ्चनपुर सुरक्षित र दिगो विकासका लागि उत्थानशिल पालिका मञ्च दोस्रो कञ्चनपुर सम्मेलन बुधबार पुनर्वास नगरपालिका मा सम्पन्न भएको छ ।
सम्मेलनले दिगो विकासका लागि १० बुँदे प्रतिबद्धता पत्र जारी गरेको छ
सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्च कञ्चनपुर सम्मेलन- २०७९ को साझा प्रतिबद्धता घोषणा-पत्रमा भनिएको संक्षिप्त बिबरण बढ्दो शहरीकरण अव्यवस्थित बसोवास, खुल्ला ठाउंहरुको अतिक्रमण संगै शहरी क्षेत्रको विपद् रु जोखिमको सम्भावना बढेको छ ।
यसका साथै बदलिदो जलवायु जलवायुजन्य विपद्का घटनामा आएको तीव्रता समुदायका जोखिमलाई बढाउनको साथै दिगो विकासलाई समेत प्रभावित गरेको छ जलवायु परिवर्तनको असरबाट जोगिन विपदको जोखिमलाई न्यूनीकरण र व्यवस्थापन गर्ने ठोस तथा प्रभावकारी कदम चाल्नु अत्यन्त जरुरी छ । यसै विषयलाई मध्यनजर गर्दै कञ्चनपुर जिल्लाका सबै पालिकाहरूको अगुवाइमा मिति २०७० साउन १७ गते तदनुसार डिसेम्बर २०२२ का दिन दोस्रो कञ्चनपुर सम्मेलन- २०७९ को सफलता पूर्वक आयोजना गरियो ।
यस सम्मेलन मार्फत सुरक्षित र दिगो विकासका लागि १० बुँदे प्रतिबद्धता पत्र जारी गरेका छौ जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी राष्ट्रिय, अन्तराष्ट्रिय नीति योजना तथा कार्यक्रमहरुलाई स्थानीयकरण र कार्यान्वयन गर्ने ।
विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनको लागि सबै पालिकाहरुले विपद जोखिम कित्त व्यवस्थापन तथा सञ्चालन कार्यविधि तर्जुमा गर्ने ३ जलवायुजन्य विपद्को जोखिममा रहेका समुदायको विस्तृत अध्ययन गरी जोखिम न्यूनीकरण गर्ने विपद् तथा जलवायु संवेदनशिल भू-उपयोग योजना तर्जुमा तथा कार्यान्वयन गरी उत्थानशील र दिगो बसोवासलाई प्रवर्धन गर्ने । विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि पूर्व सूचना प्रणाली तथा प्रविधिमैत्री बहुप्रकोप सूचना प्रणालीको स्थापना सन्चालन र सातमा समुदायको पहुँच अभिवृद्धि गर्ने । ५ सामुदायिक विपद व्यवस्थापन समितिहरुको क्षमता अभिवृद्धि गरी प्रभावकारी रुपमा परिचालन गर्ने ६ जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन सम्बन्धी जिल्ला तथा स्थानिय स्तरको क्षमता अभिवृद्धि गर्ने र स्थानीय पाठ्यक्रममा उक्त विषय समावेश गर्ने ।
७ स्थानीय विकासका योजनाहरु निर्माण तथा कार्यान्वयनको क्रममा जैहिक तथा सामाजिक समावेशीकरणलाई प्राथमिकता दिने विपद जोखिम व्यवस्थापन तथा जलवायु अनुकूलनका लागि प्रकृतिमा आधारित समाधानका उपायहरुलाई प्रवद्धन गर्ने ।
९ कञ्चनपुर जिल्ला स्थित गाउँपालिका तथा नगरपालिकाहरुले यो उत्थानशील कार्यमञ्च मार्फत पारस्परिक समन्वय र सहकार्य गरी विपद तथा जलवायु उत्थानशील समाजको निर्माण गर्ने ।
१०. यो उत्याशिल मञ्च माफलगरिएका घोषणाको कार्य प्रगति नियमित अनुगमन तथा समिक्षाको लागि जिल्ला समन्वय समिति र जिल्ला विपद व्यवस्थापन समिति संग आवश्यक सहकार्य गर्ने ।
पुनर्वास नगरपालिकाका नगर प्रमुख तोया प्रसाद शर्मा को सभापतित्वमा भएको कार्यक्रम का प्रमुख अथिति सुदूरपश्चिम माननीय प्रदेश प्रमुख देवराज जोशी
बिशिस्ट अतिथि माननीय प्रतिनिधी सभा सदस्य तारालामा तामाङ , माननीय प्रदेश सभा सदस्य वीर बहादुर थापा , कञ्चनपुर प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्याल रहनुभएको थियो ।
अतिथि हरू जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख , धनगढी उपमहानगर पालिकाका नगर उप प्रमुख , कञ्चपुर जिल्लाका सम्पूर्ण नगरपालिका नगर प्रमुख तथा उप प्रमुख नेपाल विज्ञान तथा प्रविधी प्रतिस्ठान का पूर्व उपकुलपति पुनर्वास नगरपालिका का ११ वटै वडा अध्यक्ष , कार्यपालिका सदस्य , सुरक्षाकर्मी , रेडक्रस प्रतिनिधि , नागरिक समाज , कैलाली कञ्चनपुर का पत्रकार लगायतको सहभागिता रहेको थियो ।
पुनर्वास नगरपालिका उप प्रमुख भुलिया कुमारी रानाको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन प्रशासकीय अधिकृत शंकर बोगटीले गरेका थिए ।