निजी सम्पत्तिमा डोजर लगाएको भन्दै टीकापुर नगरपालिकामा घरधनीहरूले लगाए तालाबन्दी

कैलाली । टीकापुर नगरपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । नगरपालिकाले अतिक्रमण गरी संरचना हटाएको भन्दै घरधनीहरूले तालाबन्दी गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले जानकारी दिए ।

टीकापुर नगरपालिकाले मंसिर १९ गते वडा नम्बर ४ मोरनियामा अतिक्रमण गरी निर्माण गरिएको संरचना हटाउन डोजर लगाएको थियो । त्यसवेला नरेन्द्र बोहरा र पदम कठायतको संरचना हटाइएको थियो ।

उनीहरूले निजी जग्गामा नगरपालिकाले डोजर लगाएको भन्दै तालाबन्दी गरेको जनाएका छन् । ‘मेरो नाममा रहेको जग्गामा नगरपालिकाले डोजर लगाएको हो । लालपुर्जा भएको संरचनामा पनि नगरपालिकाले डोजर लगाएपछि तालाबन्दी गरिएको हो’, नरेन्द्र बोहराले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply