धनबहादुर बिक
पुनर्वास दलित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नवनिर्मित भवन मा पुनर्वास नगरपालिका नगर प्रमुख तथा उप प्रमुख ज्यु लाई स्वागत कार्यक्रम भवनको अवलोकन कार्यक्रम गरिएको छ ।
संस्था का अध्यक्ष चन्द्रबहादुर मगर को सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख तोया प्रसाद शर्मा, बिशिस्ट अतिथि उप प्रमुख भुलिया कुमारी राना रहनुभएको थियो । कार्यक्रम सञ्चालन गर्दै व्यवस्थापक दानबहादुर रावलले सहकारी ले सञ्चालन गर्दै आएका कार्यक्रम तथा आगामि दिनमा सहकारी ले सुरुवात गर्न खोजेका योजना हरूका बारेमा जानकारी गराएका थिए ।
तीन हजार भन्दा बढी सेयर सदस्य रहेको दलित बहुउद्देश्यीय सहकारी को पुनर्वास नगरपालिका वडा नम्बर ३ आई वी आर डी मा प्रधान कार्यालय रहेको छ भने साविक परासन गाविस , साविक बाईसिबिचवा गाविस र बेलौरी नगरपालिका मा शाखा विस्तार गरि सृवा प्रवाह गर्दै आएको छ । सहकारी ले घरेलुु ग्यास सिलेण्डर , किसानलाई सहज ढंगले रसायनिक मलखाद को व्यवस्थापन कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ भने निकट भबिस्यमा शुद्ध दलहन तथा तेलहन को कार्यक्रम सञ्चालनमा ल्याउने तयारी गरेको जानकारी गरिएको थियो ।
किसानले उत्पादन गरेका विभिन्न दाल र तोरी खरिद गरि सहकारी द्वारा नै शुद्ध तेल र दाल तयार गरि सुफत मुल्य मा बिक्रीवितरण गरिने सहकारी ले योजना ल्याउन लागेको कुरा दलित सहकारी का व्यवस्थापक दानबहादुर रावलले जानकारी दिए ।
सो अवसरमा नगर उप प्रमुख भुलिया कुमारी राना ले पुनर्वास मा रहेका सहकारी संस्था लाई व्यवस्थित तथा जनमुखी बनाउने जिम्मेवारी स्थानीय सरकारको रहेको ले सहकारी ले लिएको सकारात्मक लक्ष्य पूरा गर्न स्थानीय सरकार सहयोग गर्न तत्पर रहने कुरा बताउनुभयो ।
उप प्रमुख रानाले एउटै बिषय र उदेश्य मेल खाने सहकारी लाई मर्ज गर्न सकियो भने अझ उपलब्धि मुलक हुनसक्ने कुरा ओेेेेेेोेेल्याउनुभयो , दलित बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालन गर्न खोजेका कार्यक्रम अत्यन्तै रचनात्मक र जनतामुखी छन । राम्रा कामका लागि सहकारी ले लिएको सकारात्मक लक्ष्य पूरा गर्न स्थानीय सरकार सहयोग गर्न संधै तत्पर रहनेछ रानाले बताउनुभयो ।
सो अवसरमा नगर प्रमुख तोया प्रसाद शर्मा ले दलित बहुउद्देश्यीय सहकारी संस्था पुनर्वास मै एक नम्बरको सहकारी मा विकास हुँदै गरेको आफुले महसुस गरेको बताउदै धन्यवाद दिनुभयो ।
दलित सहकारी ले पुनर्वास का केही प्रतिशत जनताको जिवनस्तरमा आर्थिक उन्नति र प्रत्येक्ष जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएकोमा नगर प्रमुख शर्माले सहकारी सञ्चालक लाई धन्यवाद दिनुभयो । सहकारी को दिगो विकास संगै पुनर्वास का जनता लाई प्रत्यक्ष लाभ हुने र उनिहरू को आर्थिक स्तरमा टेवा पुर्याउन सहकारी ले ल्याएको नितिगत कार्यक्रममा नगरपालिका सदैब लाग्नेछ नगर प्रमुख शर्माले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पुनर्वास का सफल सहकारी कर्मि तथा सहकारी बिज्ञ मिलेर नीति बनाउन बनाउनुस स्थानीय सरकार का तर्फबाट हामी जुनसुकै सहयोग गर्न तयार छौ नगर प्रमुख शर्माले भन्नुभयो ।