धनगढी :जिल्ला कञ्चनपुरको पूर्व–पश्चिम राजमार्ग अन्तरगत शुक्लाफाँटा नगरपालिका–५ अर्जुनी ब्यारेक नजिक माेटरसाईकल दुर्घटना हुँदा एक जना युवाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक भरत गिरीका अनुसार से ७ प २८४२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–९ का २४ वर्षीय हरिश ऐरको मृत्यु भएको हो।अर्जुनी ब्यारेक नजिकको घासे मैदानस्थित सडकमा दुर्घटना भएको थियो। आफैँ अनियन्त्रित भएर मोटरसाइकल सडक भन्दा १५–२० मिटर टाढा खसेको प्रत्यक्षदर्शीले बताए।
उनको शवलाई अहिले महाकाली प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गिरीले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1