पत्रकार महासंघ कञ्चनपुरको २० औँ बार्षिक साधारण सभा : सदस्यता शुद्धिकरणमा जोड

धनबहादुर बिक
कञ्चनपुर नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरको बार्षिक साधारण सभा सम्पन्न भएको छ । मंगलबार महेन्द्रनगरमा पत्रकार महासंघ शाखा कञ्चनपुरको २० औँ बार्षिक साधारण सभा सम्पन्न भएको हो । बार्षिक साधारण सभामा नेपाल पत्रकार महासंघका अगुवाले पत्रकार शुद्धिकरण आवश्यक रहेको औल्याएका छन ।

नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य उत्तर विष्टले पत्रकार आचार संहिता अनुरुप समसामयिक राजनीतिक मुद्दा उठानमा जोडदिए । पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका महासचिव रामसिह ठगुन्नाले पनि आचार संहिता अनुरुप मार्यादित भएर व्यवसायिकतामा जोडदिए ।

पत्रकार महासंघ सुप प्रदेशका अध्यक्ष योगेश रावलले धेरै साधारण सदस्य रहेको शाखाको साधारण सभा कार्यक्रममा न्यून सहभागिता भएकोप्रति चिन्ता व्यक्त गर्दै शुद्धिकरणमा जोडदिए । नेपाल पत्रकार महासंघका सचिव हेमकर्ण विकले समेत जिल्ला शाखाले संचालन शुद्धिकरण गरेर सिफारिस अनुरुप केन्द्रले पनि गर्ने बताए ।

कार्यक्रममा अग्रज पत्रकार चित्राङथापा, बिर बहादुर चन्द, हरि प्रशाद जोशी, डिआर पन्त, विष्णू अवस्थी, लक्ष्मण तिवारी, लक्ष्मी जोशी सहितका अग्रज पत्रकारले मार्यादित भएर पत्रकारितामा सक्रिय हुन सुझाव दिए ।

कार्यक्रममा प्रमुख अथिति सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा.अम्मराज जोशीले हरेक क्षेत्रलाई मार्यादित भएर उजागरमा जोडदिए । साधारण सभाबाट पत्रकारको क्षमता अभिबृद्धिका लागि तालिम संचालन गर्ने, हकहित सम्र्बद्धन गर्नेदेखि शुद्धिकरण गर्ने एजेण्डा पारित भएका छन ।

सुर्खेतमा ८ र ९ पुषमा हुने केन्द्रीय महासघको साधारण सभामा कञ्चनपुरबाट समेत सहभागिता हुने छ । नेपाल पत्रकार महासंघ शाखा सचिव राजेन्द्र प्रशाद अवस्थीले साँगठानिक बार्षिक प्रगति र कोषाध्यक्ष जयदेव जोशीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पत्रकार महासंघ सचिव राजेन्द्र प्रशाद अवस्थीले संचालन गरेको कार्यक्तमको अध्यक्षतमा जिल्ला अध्यक्ष माधव सिह धामीले गरेका थिए, भने स्वागत मन्तव्य उपाध्यक्ष भवानी भट्टले गरेका थिए । कार्यक्रममा महासंघका पदाधिकारी, सदस्य एव पत्रकारको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply