जुनियर रेडक्रस सर्कलको २ दिवसीय गोष्ठी पुनर्वास मा सुरु गरिएको छ

धनबहादुर बिक पुनर्वास नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखा को आयोजनामा जुनियर रेडक्रस सर्कलको २ दिवसिय गोष्ठी पुनर्वास मा आयोजना गरिएको छ ।
निजि तथा सामुदायिक गरि १९ वटा बिद्यालय का शिक्षकशिक्षिका तथा बिध्यार्थि को सहभागीता रहेको गोष्ठीमा स्थानीय स्तरमा आईपर्ने विभिन्न विपत महामरी एबं संक्रामक रोगहरू बाट पिडित समुदायलाई बचावट तथा पुर्बरानात्मक र उपचारात्मक कार्यमा जुनियर तथा युवाहरूलाई परिचालन गर्ने , रेडक्रस का ७ सिद्धान्त हरू लाई अनुसरण गर्दै जुनियर रेडक्रस सदस्य हरूमा मानवीय भावनाको विकास गराउन प्रेरित गर्ने । स्थानीय स्तरमा प्राथमिक उपचार सम्बन्धि ज्ञान सीप र कलाको जुनियर र युवाहरूमा विकास गरि स्थानीय स्तरमा प्राथमिक सेवाको पहुँच बढाउदै रेडक्रस संग सम्बन्धित गतिविधि हरूमा स्थानीय युवाहरू सक्रिय सहभागिता गराउन प्रेरित गर्ने कार्यक्रम को मुख्य उदेश्य रहेको शाखा सभापति युवराज सुयेलले जानकारी दिनुभयो ।

नेपाल रेडक्रस सोसाइटी पुनर्वास उपशाखा को आयोजनामा भएको गोष्ठीमा ,सदस्यता सम्बन्धि जानकारी साधारण सदस्य , आजिवन सदस्य , बिशिस्ट सदस्य , यसस्कर सदस्य , संस्थागत सदस्य , मानार्थ सदस्य को बिशेषता का बारेमा जानकारी गराईएको थियोे ।
पुनर्वास शाखा सभापति युवराज सुंयेल को सभापतित्वमा भएको कार्यक्रम मा पुनर्वास नगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष मित्र सिंह लामा रहेका थिए भने बिशिस्ट अतिथि मा रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखा सदस्य बिष्णु तिवारी रहनुभएको थियो नेपाल रेडक्रस पुनर्वास शाखा पुर्व सभापति बिष्णुभक्त पौडेल , पुर्व सदस्य रामचन्द्र नेपाल , महेन्द्रबहादुर बस्नेत , शिक्षक माधव पोख्रेल , रामनारायण कंडेल युवराज सुयेल ले गोष्ठीमा सहजिकरण गरेका थिए । कार्यक्रम को सञ्चालन सचिव रूपेश खरेलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply