धनबहादुर बिक
कञ्चनपुर केही बर्ष अघि बालुवा र दुई चार सिमलका रूख हुनेगरेको बगर क्षेत्र समुदायको प्रयासमा घना जंगलमा परिणत भएको छ ।
कञ्चनपुर जिल्लाको दक्षिणी पुर्वि कैलालीको मोहना नदि तटिय क्षेत्र संग जोडिएको पुनर्वास नगरपालिका ११ स्थित अमरबस्ति मा केही बर्ष अघिसम्म बालुवा को बगरको को रूपमा देखिने सो क्षेत्र समुदायको प्रयासमा घना बन मा परिणत भएको देख्न सकिन्छ ।
२०६२ साल अघि सम्म बगर देखिने सो स्थानमा तराई भु- परिधि कार्यक्रम ( ताल) ले बृक्षा रोपण तथा बिरुवा जोगाउन तारजालीको सहयोग गरेपछि बगर क्षेत्र बनमा परिणित हुन सकेको गंगा जमुना सामुदायिक बन समिति अध्यक्ष अस्तुनी चौधरी बताउछिन् ।
तालकै सहयोगमा करिब १९ हेक्टर क्षेत्रफलमा फैलिएको गंगा जमुना सामुदायिक बनमा ५७६ मिटर तारजाली समेत जडान गरिएको छ ।
अहिले सोहि बगरमा तारजाली लगाएर ताल (TAL)कै सहयोगमा विभीन्न खालका बोटविरुवा रोपीएका छन ।
खाली बगर रहँदा दुई चारवटा सिमलका रूख देखिने सामुदायिक बनमा सिसौ , खैर , लिपटिस बकाईनो बाँस , हर्राबर्रा का गरि हजारौं बिरूवाहरू अहिले रूखमा परिणित भएको देख्न सकिन्छ ।
मानव – वन्यजन्तु द्धन्द न्युनिकरणकालागी मेष जाली जडान गरिएको समिति का कोषाध्यक्ष सरिता चौधरीले बताईन । यस अघि बँदेल,चित्तल हात्ति,बाघले गर्दा त्रास हुनेगरेको मा अहिले तुलनात्मक रूपमा कम हुँदै गएको समितिका सदस्य मानबहादुर चौधरीले बताए । बस्तीको किनाराबाट मेष जाली लगाईएको हुँदा बँदेल,चित्तलहरु बस्ती र खेतीयोग्य जमीनमा प्रवेश गर्नेक्रम रोकिएको उनले बताए ।
१८५ उपभोक्ता घरधुरी सङ्ख्या रहेको गंगा जमुना सामुदायिक बनमा १ घर मात्र दलित परिवार रहेका छन ।
बगर क्षेत्र सामुदायिक बन मा परिणित भएपछि वनबाट प्रसस्त लाभ लिने अवसर मिलेको शान्ति चौधरी बताउँछिन् । घाँस दाउरा , गाईबस्तु लाई सोत्तर जस्ता आवस्यक सुविधा हरू वनबाट सहजै उपलब्ध हुनेगरेको चौधरीले खुसी जनाईन । जस्का कारण स्थानीय लाई आयआर्जनमा समेत टेवा पुग्ने गरेको उनले बताईन ।
आफुले संरक्षण गरेको वनबाट सहजै घाँस दाउरा सोत्तर पाउन थलेपछि स्थानीयले वस्तुभाउ र बाख्रा पालन तर्फ आकर्षण हुन थालेको सदस्य दुर्गा चौधरी को तर्क रहेको छ ।
त्यो संगै गाउँमा कोही मर्दा पर्दा ७०० रूपैया पटाङ्ग का दरले दाउरा उपलब्ध गराउने व्यवस्था मिलाईएको अध्यक्ष अस्तुनी चौधरी बताउँछिन् ।
तराई भु- परिधि कार्यक्रम ले गर्दा १८५ घरधुरी को पुरै गाउँ लाई एक ढिक्का मा बांध्न मद्दत पुगेको बिषय लाई जोड दिंदै ताल संस्थाले गाउँमा विभिन्न आयआर्जन मुलक कार्यक्रम हरू घुम्ति कोष सञ्चालन संगै विभिन्न शिपमुलक कार्यक्रम , अवलोकन भ्रमणका कार्यक्रम मा समेत प्रत्यक्ष सहयोग दिंदै आएको अध्यक्ष चौधरीले बताईन ।