विकासका बिषयमा पक्षपात गर्ने छैन :- माननीय बिरबहादुर थापा

धनबहादुर बिक
पुनर्वास समग्र विकासका लागि यो वा त्यो पार्टी पक्ष विपक्ष नहेरी निष्पक्ष ढङ्गले काम गर्नेछु सुदूरपश्चिम प्रदेशसभा सदस्य माननीय वीर बहादुर थापाले पुनर्वास मा आयोजित एक सहकारी को साधारणसभा का अवसरमा बताएका छन ।
श्री दलित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पुनर्वासको २५ ओे बार्षिक साधारणसभा एबं रजत बर्ष
को अवसरमा प्रदेशसभा सदस्य थापाले प्रदेश सरकार बनिसकेपछि काम गर्ने दौरानमा कुनै क्षेत्र वा व्यक्ति लाई पार्टी सम्बन्ध नहेरि निष्पक्ष ढंगले विकासका कार्यक्रम का लागि आफ्नो भुमिका रहने कुरामा जोड दिए ।
प्रदेशसभा सदस्य मा आफुु निर्वाचित भएपनि अहिलेसम्म सपथ लिन नपाएको बताउदै थापाले भने सरकार के कसरी बन्छ अहिलेसम्म कुनै टुङ्गो लागेको छैन । नयाँ सरकार मा आफ्नो भागमा के जिम्मेवारी रहने हो स्वयं आफू अनबिज्ञ रहेको बताउदै जसको पक्षमा सरकार बनेपनि आफुले जनताकै पक्षमा स्थानीय सरोकारवाला बिज्ञ समाजसेवी बुद्धिजीवी संग सल्लाह सुझाव लिई अघि बढ्ने कुरा प्रदेशसभा सदस्य थापाले जोठ दिए । विकासका लागि सबै संग सहकार्य गर्न प्रतिबद्ध छु थापाले भने ।
आफ्नो बिशेष ध्यय कृषि क्षेत्रमा काम गर्ने उदेश्य रहेको भन्दै पुनर्वास का अधिकांश किसानलाई बिधुत्तिय शिँचाई का लागि कार्यक्रम ल्याउने र सबसिडी को व्यवस्था मिलाउने प्रमुख योजना रहेको थापाले जोड दिए ।
दलित सहकारी ले पनि कृषि क्षेत्र र किसानका पक्षमा गर्न लागेका रचनात्मक कार्यक्रम को चर्चा गर्दै सहकारी ले काम गर्ने दौरानमा हरेक बाधा अफ्ट्यारा हरूमा सहजताका लागि आफुले पहल गर्ने थापाले प्रतिबद्धता व्यक्त गरे ।
सहकारी ले सञ्चालन गर्ने योजना बनाएको चार पालिका अन्तर्गत रहेका बृद्ध बृद्धाहरुलाई समय विताउन सहज रुपवाट सहजीकरण गर्ने उदेश्यका साथ प्रवचन कार्यक्रम, मनोरञ्जन र स्वास्थ्य हेरचाह वृद्धवृद्धा सहायता केन्द्र सञ्चालन गर्ने उद्देश्य प्रति खुसी व्यक्त गर्दै यस्ता रचनात्मक सेवामूलक कार्यमा आफुले सक्दो पहल गर्ने प्रदेशसभा सदस्य थापाले प्रतिबद्धता व्यक्त गरे
थापाले दलित सहकारी को २५ ओ बार्षिक साधारणसभा सफलताको शुभकामना समेत व्यक्त गरेका थिए ।
बार्षिक साधारणसभा मा संस्था का अध्यक्ष चन्द्रबहादुर मगरले आर्थिक बर्ष ०७८/०७९ को कुल १ अर्ब ३२ करोड ५४ लाख ८१ हजार बराबरको आयव्यय प्रस्तुत गरृका थिए भने ५९ लाख ५३ हजार रकम संस्थाले शुद्ध नाफा गरणन सफल भएको प्रतिवेदन मा उल्लेख गरेका थिए । संस्थाले गरेको कर्जा लगानी मध्ये १८ करोड ५२ लाख ५४ हजार बाँकी रहेको आर्थिक प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
हालसम्म भाडाको भवनबाट सेवा प्रवाह गर्दै आएको दलित सहकारी ले ५६ लाख पाँच हजार २५७ रूपैयामा आफ्नै ६ कोठाको एकतले भवन निर्माण गरि गत मंसिर देखि आफ्नै भवनमा सरि संस्थागत कार्य सञ्चालन गर्न सुरु गरेको उक्त प्रतिवेदनमा उल्लेख गरिएको थियो ।
संस्थाले निकट भविष्यमै स्थानिय सरकार प्रदेश सरकार र संघिय सरकार संग सहकार्य गर्दै समाज सेवा प्रति समर्पित भई बृद्धबृद्धाहरुको दिनचार्य सुखमय बनाउने लक्ष्यका साथ कार्यको थालनी गर्न माननिय प्रदेश सभासदस्य लाई अनुरोध गरि ४ पालिका भित्र रहेका बृद्ध बृद्धाहरुलाई समय विताउन सहज रुपवाट सहजीकरण गर्ने उदेश्यका साथ प्रवचन कार्यक्रम, मनोरञ्जन र स्वास्थ्य हेरचाह वृद्धवृद्धा सहायता केन्द्र सञ्चालन गर्ने उद्देश्य लिएको जनाएको छ ।

सहकारी संस्था लि. को बहुउद्देश्यीय कारोबार अन्तर्गत कार्यक्रम गर्दै आएको जसमा एल पि ग्यास बिक्रि वितरण के सदस्यको लागी नेपाल सरकारको अनुदान मा मल खाद को वितरण एबं शेयर सदस्यको स्वास्थ्यलाई मध्य नजर गर्दै निकट भबिस्यमा चाय , तेलहन र दलहनको कार्यक्रम महिला शेयर सदस्यबाट सञचालित साना घरेलु उद्योग कार्यक्रम जस्तै सफाईका लागी प्रयोग गरिने पोछा बनाउने भाडा वर्तन सफाई गर्ने जाली बनाउने लगायतका आयआर्जनका कार्यक्रम हरू सञ्चालनमा ल्याउने योजना रहेको संस्थाले जनाएको छ ।

संस्थाले गत आर्थिक बर्ष मा मृत्यु भएका ८ जना सेयर सदस्य परिवार लाई काजकिरिया बापत जनहि १० हजार नगद प्रदान गरिएको थियो भने उक्त कार्यक्रम लाई आगामि दिनहरूमा पनि निरन्तरता दिंदै जाने योजना रहेको जनाएको छ यद्यपि उक्त सुविधा लिनलाई सेयर सदस्य ले १० हजार सेयर रकम पुर्याउनुपर्ने जनाईएको छ ।
संस्थाका अध्यक्ष चन्द्र बहादुर मगर को सभापतित्वमा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेशसभा सदस्य माननीय वीर बहादुर थापा रहेका थिए भने
बिशिस्ट अतिथीहरु मा राष्ट्रिय सहकारी बैंक शाखा कार्यालय प्रमुख धनगढी का देवराज पाल , केन्द्रीय दुग्ध सहकारी संघका सञ्चालक भरत देउवा
सुदुरपश्चिम प्रदेश वचत तथा ऋण सहकारी संघ लेखा संयोजक डिल्ली प्रसाद शर्मा , सुदर पश्चिम प्रदेश साना किसान कृषि सहकारी संघ संचालक धर्मकला पौडेल
लगायत रहेका थिए ।
कार्यक्रममा संस्था को बार्षिक लेखा प्रतिवेदन लेखा संयोजक रामसिंह बडुवालले गरेका थिए । संस्थाले आगामि आर्थिक बर्ष ०७९/०८० का लागि ४ अर्व २९ करोड १० लाख रकम बराबरको अनुमानित आयव्यय लेखा प्रतिवेदनमा प्रस्तुत गरिएको थियो ।
संस्था का उपाध्यक्ष सेते बिश्वकर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन व्यवस्थापक दानबहादुर रावलले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply