कैलालीमा ९ किलो लागुऔषध चरेससहित युवक पक्राउ

धनगढी । कैलालीमा ९ किलो लागुऔषध चरेससहित युवक पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका २ बसपार्कस्थित नवीन होटलबाट बझाङको दुर्गाथली गाउँपालिका ७ काँडा का ३६ वर्षीय यमराज दौल्याललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले होटलको कोठा नम्बर १०१ बाट ९ किलो ३४० किलोग्रामसहित उनलाई पक्राउ गरिएको जानकारी दिए ।

उनका अनुसार विशेष सूचनाका आधारमा प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले होटलमा छापा हानेर दौल्याललाई नियन्त्रणमा लिएको थियो ।

अहिले इलाका प्रहरी कार्यालय मालाखेतीको हिरासतमा राखेर उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply